१९५० सन्धिसँगै आदान प्रदान गरिएको पत्र : धारा ३

डि.राज कोइराला

राष्ट्रिय व्यवहारकाे साइनो मिचेर भारतीयलार्इ नेपाली नागरिकता अनि भारतमा भएका नेपालीहरुलार्इ घर घाटको पुरस्कार यहि नै हो राष्ट्रिय व्यवहारको पारस्परिक सहमति |

नेपाल भारत मैत्री तथा शान्ति सन्धि १९५० संग अादान प्रदान भएको पत्रको धारा मा यस्तो विवेचना सहितको विवरण प्रस्तुत
Article III
In regard to Article 6 of the Treaty of Peace and Friendship which provides for national treatment, the Government of India recognize that it may necessary for some time to come to afford the Nepalese nationals in Nepal protection from unrestricted competition. The nature and extent of this protection will be determined as and when required by mutual agreement between the two Governments.
धारा  
[
शान्ति तथा मैत्री सन्धिको धारा का सम्बन्धमा एक अर्का देशका नागरिकलार्इ राष्ट्रिय व्यवहार प्रदान गर्ने सम्बन्धमा भारत सरकारले नेपालका नेपाली नागरिकहरुलार्इ केही समयकालागि अनियन्त्रित प्रतिश्पर्धाबाट संरक्षण प्रदान गर्ने आवश्यकताहरुमाथि भारत सरकार सहमत भएको यस प्रकारको संरक्षणको प्रकृति परिणाम दुवै सरकारहरुका बीच पारस्परिक सहमतिका अधारमा अवश्यकता अनुसार तय गरिने ]
सन्धिको धारा मुलुकको उद्योग धन्दा खोल्ने अर्थिक विकास गर्ने व्यपारवाणिज्य गर्ने बिषयमा केन्द्रित यो बिषयमा सन्धि भएका समयमा भारतीयहरुसंग नेपालीहरुले प्रतिस्पर्धा गर्न सक्ने अवस्था नभएकैले अंग्रेजबाट धेरै कुरा सिकेका सिपालु भारतीयहरुले सिधासाधा नेपालीलार्इ पेल्ने सम्भावना देखेर केही दिनकालागि भारतले उस्का नागरिकहरुलार्इ नियन्त्रणमा राख्ने भनी सन्धि गर्नु नराम्रो थिएन होइन पनि ।।
शुरुमा राष्ट्रिय व्यवहारको आडमा केही भारतीयहरु उद्योगधन्दा खोल्न व्यपार वाणिज्यको काम गर्न नेपाल आएकै हुन शुरुमा नेपाल <span style="font-size: 10.5pt;font-family: 'Mangal','serif';color: cheap nfl jerseys #1d2129″>आएका सामान्य भारतीयहरु मध्ये कोही सासु ससुराको अपुतालीखाने घरजुवार्इ ,कोही ससुराल आउने जुवार्इहरु, मामल आउने भान्जाभान्जी, उनीहरुका आफन्त नाता गोता, कुलकुटुम्बहरु अाए बसे ।। 
कोही हरुवाचरुवा, कोही कुल्लीकवाडी, कोही जनबनको कोही मामली ससुरालीको खेतीपातीको काममा लागे भने केही भारतीयहरु घण्टी बजाएर टाउकामा ढाकी राखी घुमेर मुरार्इका डल्ला, चटपटे, पानीपुरी, <span style="font-size: 10.5pt;font-family: 'Mangal','serif';color: cheap nfl jerseys #1d2129″>पानसुपारी, बिडी, चुनाखैनी, बेच्न थाले, कोही बटैयामा खेती गर्न थाले, कोही नेपालीहरुसंग मिलेर नेपालीहरुका नाममा नेपालीहरुसंगको पार्टनरसिपमा धान, जुट, तोरी, मुसुरी, <span style="font-size: cheap jordan 10.5pt;font-family: ‘Mangal’,’serif’;color: #1d2129″>खेसरी, काठआदिका व्यपारमालागे ।। 
अलि ठूला व्यपारीहरुले नेपालीहरुंसगै मिलेर बैङ्कबाट रिण लिएर उद्योगधन्दा खोले कसैले ढूलाठूला गोलाखोलेर व्यापार गरे कमाए नेपालमा खोलेका उद्योगधन्दा व्यपार बिस्तारै एकलौटी पारे कमाएको पैसा लुकाएर भारत लगे ढूला व्यपारीहरुले उद्योगधन्दा सगसगै आयात निर्यातको व्पापार गरे समय परिस्थिति अनुरुप नेपालका शासकहरुका साथै पार्टिसमेतको गर्जो टार्ने काममा पछि परेनन् क्रमश उनीहरुले नेपालको अर्थतन्त्र आफ्नो हातमा पार्न सफल भए ।।
अर्थतन्त्र नै हातमा पार्न सफल भएका भारतीयहरु बिस्तारै नेपाली नागरिक हुन थाले पछि साना व्पपारी हरुवा चरुवा कुल्ली कवाडी आदि जे जति भारतीयहरु नेपालमा थिए, पार्टी, भोट, चन्दा, नजराना, दशै तिहार आदिका साइनाले नेपालका राष्ट्रघाती शासकनेताहरुका कृपाले नेपालका नागरिक भए अब नेपालमा भारतीय मान्छे नै छैनन् नेपालमा भएजति नेपाली मात्रै हुन चुनाव जितेर बनेका शासकनेताहरु यसै भन्छन् ।।
राष्ट्रिय व्यवहारको फाइदा लिन मुङ्लान भन्दै भारत तिर लागेका नेपालका नेपालीहरु कोही जङ्गल फाँडेर खेती गर्ने, कोही कुयर खेती गर्ने, कोही गोठपाल्ने, कोही ग्रिपको कुल्लीमा लाग्ने, कोही चौकीदारीमा लाग्ने, कोही बेतकाट्ने काममा लाग्ने, कोही कोइलाखादमा काम गर्ने, कोही डालानाङ्ला, मालिङ्गाको विनायो, काइँयोथाक्रो, खुकुरी, दाऊ, हसिया, कुटोकोदालो मुर्चुङ्गा बनाएर बेच्ने पेसा अपनाए ।।
कोही दूध, घिउ, खसी, बाख्रा, बोका, गोरु, हाँस, Cheap NFL Jerseys परेवा, कुखुरा, मेहेलको चूकअमिलो, सुँगुरको जगर आदि बेच्ने धन्दामा लागे भने यी नेपालीहरु हालसम्म भारतीय हुन सकेका छैनन् यिनिहरु भारतको केन्द्र सरकार राज्य सरकारका नजरमा नेपाल भारत मैत्री सन्धिको धारा अन्तर्गतका नेपालीहरु नै छन विदेशी नै छन भारतीय नागरिक पारिएको छैन ।। 
यस्ता नेपालीहरु भारतमा के कति छन् भारत सरकारसंग एक एक रेकर्ड मौका परेका दिन अनेक षड्यन्त्र रचेर भारतबाट खेदुवा लगाउने निश्चित बिदेशीहटाउने दाऊ हेरेर बसेका भारतका राज्यसरकारका रैथाने नागरिकहरुलार्इ भारतको केन्द्रसरकारको आदेश पालना गर्ने भए विदेशीहरुकानामबाट नेपालीहरु खेदिने थिएनन् ।।
विगतमा कति नेपाली खेदिए नेपाल सरकारसंग सायद रेकर्ड छैन होला ? नेपाल सरकार लाजै पचाएर यस्ता नेपालीलार्इ नेपाली होइनन्, प्रवाशी नेपाली हुन, भारतीय <span style="font-size: 10.5pt;font-family: 'Mangal','serif';color: petunias #1d2129″>नेपाली हुन् भन्दै आएको त्यस्ता <span style="font-size: Cheap Oakleys 10.5pt;font-family: ‘Mangal’,’serif’;color: #1d2129″>नेपालीहरु कहिले गए ? कहाँबाट गए ? किन गए ? कसरी बसेका छन् ? के गर्दैछन ? उनीहरुको अवस्था के ? उनीहरुले भारतमा राष्ट्रिय व्यवहार पाएका छन छैनन् ? नेपाल सरकारको काम होइन ? ।।
खाली जसरी भए पनि सत्तामा पुग्ने, पैसा कमाउने, धनी बन्ने, छोराछोरीलार्इ विदेश पठाएर उतै घरजम गराउने. देशमा तलमाथि परेकाखण्डमा आफूपनि उतैलाग्ने रणनैतिक दाउमा लागेका शासकनेताहरुलार्इ यस्ताकुरामा ध्यान दिनु भन्दा भारतलार्इ खुसी राख्नकालागि टिष्टाकाङ्गडाको कुरै नगर्ने,।।
सुस्ता, कालापानी, लिपुलेकको कुरा सुनेर पनि चुपलागेर बस्ने बाहिर बाहिरै कुरा उडाउने नेपाली नागरिकहरुलार्इ भित्र भित्रै भारत विरोधी बनाउने तथा भारतीय नागरिकहरुलार्इ नेपाली नागरिक बनाए पछि ठूला पद दिने कि नदिने अनि संविधान संसोधनको गफ गर्ने, प्रदेशहरुको सीमाङ्कनको हल्ला पिट्ने, तीन तहको निर्वाचन भनेर मान्छे उराल्ने कामकाम शासकहरुका कार्यक्रममा परेकै छन ।।
नेपाली नागरिकमा भाँजो ल्याउनकालागि अझ यतिले नपुगेर भाषाको बर्ण विन्यास, बली प्रथाको अन्त्य जस्ता अनेकौ कुराहरु अघिसारेर गर्ने कि नगर्ने भन्दै मिटिङ्, वार्ता, सहमतिको राग अलापेकै भरमा नेपाली नागरिकहरुलार्इ अल्मल्याउने काम बाहेक शासक नेताहरु उनीहरुको सरकारले अरु बिषयमा ध्यान दिने हेर्ने बुझ्ने फुर्सद नै छैन ।।
यस्ता वेफुर्सदमा रहेका शासकनेताहरुको सरकारलार्इ राष्ट्रिय व्यवहार भनेको के हो ? कसरी प्रयोग गर्ने ? एक अर्काका देशका नागरिकका सम्बन्धमा के कस्ता पारस्परिक सम्झौता वा सहमति भए ? भारतीयलार्इ नेपाली नागरिक बनायो अनि भारतमा भएका नेपालीहरुलार्इ घर घाटको बनायो यहि नै हो पारस्परिक सहमति ? 
लागु गर्नु पर्ने १९५० को सन्धिलार्इ सुझ बुझ हचुवाको भरमा वा दलालहरुको बहकाउमा लागेर संसोधनकालागि प्रबुद्धवर्गको गठन गर्नु भनेको शासकनेताहरुकालागि गतिलै फाइदा होला तर यो सन्धि संसोधन हुनु भनेको सिङ्गो राष्ट्र नेपाल नेपालमा भएका खाँटी नेपाली नागरिकहरु तथा भारतमा बस्दै आएका नेपालीहरुकालागि मन्द बिष हो .नेपाल भारत मैत्री तथा शान्ति सन्धि लागु नगर्नु बिष हो भने प्रबुद्धवर्ग लगाएर हचुवाका भरमा सन्धि संसोधन गर्नु फाले बिष हो बिषले के काम गर्छ फाले बिषले के काम गर्छ सबैले जानेकै ।। 
लागु गर्नु पर्ने सन्धिलार्इ लागु नगरी संसोधन गर्ने प्रस्तावको परिणामले भारतबाट निकट भविष्यमा खेदिएर आउने नेपालीहरुलार्इ नेपाल सरकारले के गर्छ ? यिनीहरु नेपाली होइनन् ? प्रवासी नेपाली हुन भारतीय नेपाली हुन ।।
त्यसैले भारतले खेदेका नेपालीहरु नेपालमा शरणार्थि हुन भन्दै नेपालका शासकहरुको सरकारले डलरको कमिसन कमाएर धनी बन्ने रणनीति लिएर बिदेशीका सामु नेपाली शरणार्थी नेपालमा पाल्नकालागि सहयोग माग्छ कि भारतबाट खेदुवामा परेर नेपाल आएका सबै नेपाली परिचयधारीहरुलार्इ नागरिकता दिने काम गर्छ ? सन्धि ससोधन गरी भारतलार्इ खुसी पार्ने उद्देश्य लिएका शासकनेताहरुको सरकार प्रबुद्धवर्गसंग के जवाफ ?।।
त्यसैले नेपाल भारत मैत्री तथा शान्ति सन्धि असमान छैन शासकहरुको नामर्दपनले सन्धिमा लेखिएको सत्यकुरालार्इ ढाकछोप गरेर लत्याइ असमान सन्धि हो भन्ने हल्ला गरे भन्दैमा लागु नै नभएको सन्धि कसरी असमान हुन्छ ?।।
कुनै पनि सन्धि असमान हुँदैन भन्ने नीतिगत कुरा मनन गरेर शासकनेताहरुको सरकार प्रबुद्धवर्गले संसोधन गर्ने कार्य रोकेनन् भने त्यस्को परिणामले ल्याउने भयावह स्थितिको सामना गर्नु पर्ने नेपाली नागरिकले नै हो अरुले होइन ।। 
त्यो बेला मनपरि गर्दै आएका शासकनेता प्रबुद्धवर्गहरु भयावह अवस्था थाम्न नसकेर देशबाट विदेशतिर पलायन भर्इ सकेका हुने छन उनीहरुलार्इ नेपाल नेपाली नागरिकहरुको चिन्ता छैन उनीहरुको चिन्ता भनेको धन कमाउने मात्रै हो भन्ने कुरा सचेत नेपाली नागरिकहरुले भनिरहेकै छन ।।
यसैले नेपाल भारत मैत्री तथा शान्ति सन्धि सन्धिसंग अादान प्रदान भएका पत्रका बेहोरा मनसाय असमान होइन भने शासकनेताहरुको सरकार उनीहरुका तावेदार बनेका प्रबुद्धवर्गले उनीहरुकै स्वार्थ पुरा गर्नकालागि चलाएको हल्लामात्र असमान हो भन्ने कुरा मनन गरेर नेपाली नागरिकहरुले बेलैमा सतर्कता अपनाउन नसके ठूलो क्षति बेहोर्नु पर्ने छ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *