६२ किलो लागूऔषध गाँजासहित तीनजना भारतीय पक्राउ

हेटौंडा/ लागूऔषध तस्करीमामा संलग्न भारतीय नागरिक र सवारीसाधनमाथि मकवानपुर प्रहरीले निगरानी बढाएको छ । मकवानपुर प्रहरीले लागूऔषध चरेश र गाँजासहित शनिबार र आइतबार तीनजना भारतीय पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा १७ रातोमाटेमा काठमाडौंबाट रक्सौल जाँदै गरेको बीआर २९ बी ७१४१ नम्बरको भारतीय जिपमा लुकाएर ल्याउँदै गरेको एक सय २५ किलो चरेसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।

चरेससहित पक्राउ पर्नेमा भारत मोतिहारी बस्ने वर्ष ३० का चालक मेराज साह र सोही ठाउँ बस्ने वर्ष २६ का मथलेस सहनी रहेको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी वामदेव गौतमले बताए । जिपको छतमुनि cheap ray bans फल्स बटम बनाई लुकाएर ल्याइएको चरेस सुराकीका आधारमा बरामद गरिएको उनले जानकारी दिए ।
प्रहरीले रातोमाटेबाटै ६२ किलो लागूऔषध गाँजासहित भारत मोतिहारी सुगौली १० बस्ने २८ वर्षीय मनोजकुमार यादबलाई पक्राउ गरेको छ । चितवनबाट cheap jerseys रक्सौला जाँदै गरेको बीआर ०७ जी ५३४० नम्बरको भारतीय ट्रकको सिटमुनि लुकाएर ल्याउँदै गरेको गाँजा आइबार बिहान बरामद गरिएको डीएसपी गौतमले जानकारी दिए ।

प्रहरीले फागुन ११ गते हेटौंडा-१७ रातोमाटेबाटै ४८ किलो चरेससहित दुई भारतीय र दुई नेपाली पक्राउ गरेको थियो । हेटौंडाबाट वीरगन्जतर्फ जाँदै गरेको एचआर २१ जे ३९३२ नम्बरको मारुती कारमा लुकाएर ल्याइएको चरेससहित पक्राउ परेकाहरूलाई लागूऔषध मुद्दामा कारबाही प्रक्रिया अघि बढाइको डीएसपी गौतमले बताए । उनीहरूले कारको ढोका तथा सिटमा ९६ पोका बनाएर चरेस लुकाएर ल्याएका थिए । माघ २४ गते भारतीय नम्बरको कारमा लुकाएर ल्याउँदै गरेको दुई किलो पाँच सय ग्राम चरेससहित तीनजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको थियो ।

लामो समयदेखि भारतीय तस्करले भारतीय गाडीमा लुकाएर लागूऔषध ओसारपसार गर्दै आएको जानकारी दिँदै मकवानपुर प्रहरी प्रमुख एसपी वसन्तकुमार लामाले भने, ‘भारतीय सवारीसाधनमाथि जाँच बढाएपछि यो तथ्य बाहिर आयो ।’ नेपाली भरियाले कमै मात्र भारतसम्म लागूऔषध पुर्‍याउने गरेको उनको बुझाइ छ । ‘नेपाली भरियाले निश्चित ठाउँसम्म लागूऔषध पुर्‍याउँछन्, त्यसपछि भारतीयहरूले नै नेपालको सीमा कटाएर Wholesale Jerseys लागूऔषध भारतका विभिन्न स्थानमा पुर्‍याउने गरेका छन्’, एसपी लामाले भने, ‘भारतीय सवारीसाधनमाथि पनि निगरानी बढाइएपछि उनीहरूले तस्करीको बाटो फेर्नसक्छन्, त्यसतर्फ हामी सचेत छौं ।’

मकवानपुर प्रहरीले चालु आर्थिक वर्ष २०७३÷७४ को माघ मसान्तसम्म गाँजा दुई सय २८ किलो र चरेस १६ किलो बरामद गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७२÷७३ मा गाँजा ३३ सय ७५ किलो र चरेस ४३ किलो बरामद गरेको मकवानपुर प्रहरीले hockey jerseys जनाएको छ । प्रहरीले जिल्लाका ग्रामीण क्षेत्रहरूमा लागूऔषध गाँजा र अफिम खेती Baumarkt-Parkplatz प्रत्येक वर्ष oakley outlet फडानी गर्दै आए पनि ठूलो परिमाणमा लागूऔषध विभिन्न बाटो हुँदै भारत निकासी हुने गरेको छ ।

Universal News7

Good news for all

Leave a Reply

Your email address will not be published. Required fields are marked *